काठमाडौँ– २०७४ मा माओवादी छाडेका गोपाल किराँतीले आठवर्षे बिदा सकेर पार्टीमा फर्किएको बताएका छन्।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीबाट विद्रोह गरेर उनी २०७४ सालमा देशभ्कत सामाजवादी मोर्चा बनाएर हिडेका थिए।
माओवादी-समाजवादीसहित आठ दलको एकता हुने सहमति भएसँगै उनी माओवादीमा समाहित भएका थिए।
बुधबार भृकुटीमण्डपमा जारी एकता सभामा बोल्दै उनले आठ वर्षे अध्ययन बिदा सकेर पार्टीमा फर्किएको बताएका हुन्। ‘आठ वर्षे अध्ययन बिदा गरेर यहाँ आएँ, यसबीचमा नेपालमा क्रान्ति कसरी गर्ने ? भन्ने चिन्तनमा घोत्लिएँ,’ किराँतीले भने।
–फाइल तस्बिर

भर्खरै
लोकप्रिय






































































































































































































