काठमाडाैँ – विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय खेलमा घरेलु टोली युएईलाइ जितका लागि नेपालले २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रन बनाएको हो। नेपालका लागि भिम सार्कीले ६८ बलमा ७ चौकाको सहयोगमा ४८ रन बनाउनु सर्वाधिक रह्यो।
उनीबाहेक आसिफ शेखले ३४ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले ३७ रन बनाए। त्यस्तै आज टिममा पुनरागमन गरेका कुशल मल्ल ५१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाएर आउट भए। त्यस्तै थप दोहोरो स्कोरका रुपमा सन्दीप लामिछाने १५ रनमा अविजित रहे। नेपालले अतिरिक्त रनका रुपमा १९ रन पाएको थियो।
युएईका लागि जुनाइद सिद्दीकी र ध्रुव परासर तथा मुहम्मद जवादुल्लाहले समान २–२ विकेट लिए अर्को एक विकेट जाहिद अलीको नाममा रह्यो।


भर्खरै
लोकप्रिय






































































































































































































