हुम्ला – कांग्रेस हुम्लाका पूर्व पार्टी सभापति जयपति रोकायाले बालमन्दिर माध्यमिक विद्यालयलाई प्रि फोम सहयोग गरेका छन्। काठ र जस्तापाताको कटेरोमा अध्ययन गर्दा विद्यार्थीलाई चिसो हुने गरेका कारण त्यसबाट जोगाउन सो फोर्म सहयोग गरिएको हो।
नयाँ भवन निर्माण हुने भएपछि पुरानो भवन भत्काइएकाले काठ र जस्तापाताको कटेरोमा पठनपाठन हुँदै आएको छ। विद्यार्थीलाई चिसोबाट जोगाउन ब्यक्तिगत रुपमा प्रि फोर्म सहयोग गरिएको कांग्रेस कर्णाली प्रदेशका सदस्यसमेत रहेका रोकायाले बताए।
आफू पनि त्यही विद्यालयमा अध्ययन गरेको र चिसोबाट विद्यार्थीलाई जोगाउन उक्त सहयोग गरिएको उनले बताए। आठ वटा कटेराका कक्षा चारदेखि दश कक्षासम्मका विद्यार्थी उक्त कटेरोमा अध्ययन गर्छन्। उक्त सामग्री उनले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धर्मराज बोहरा र प्रधानाध्यापक कैलाश रोकायालाई हस्तान्तरण गरेका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































