लिमीका अधिकांश घरका ढोकामा ताला

लिमीका अधिकांश घरका ढोकामा ताला
+
-
देशसञ्चार AI सारांश
  • लिमी गाउँका धेरैजसो घरमा ताला लगाइएको, अधिकांश बासिन्दा काम, व्यापार वा चौंरी पालनका लागि बाहिर गएका छन्।
  • हल्जी गाउँमा ४४ घरधुरीमध्ये केवल तीन घरधुरीमा सात जना मात्र रहेका र अरू काठमाडौं गएका छन्।
  • तिल गाउँमा ६४ घरधुरीमध्ये २३ परिवारले बसोवास गरी, नौ परिवार ताक्लाकोट गएकाले घरमा ताला लगाएका छन्।

हुम्ला – जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका अधिकांश घरका ढोकामा ताला लगाइएको छ। कोही घर छाडेर काठमाडौं गएका छन् भने कोही रोजगारी तथा ब्यापारका लागि चीनको ताक्लकोट त कोही चौंरी पालनका लागि खर्कतर्फ लागेका छन्।

लिमीको हल्जी गाउँकी आङछिरिङ तामाङले ४४ घरधुरी भएको गाउँमा हाल तीन घरधुरी मात्र रहेको र अरु सबै घरमा ताला लगाइएको बताए। तीन घरमा सात जना मात्र वसोवास गरेका र अरु सबै काठमाडौंतर्फ लागेका छन्।

ताला लगाएका परिवारले महत्वपूर्ण र मूल्यवान सामान आफूसँगै लगेका छन् भने जग्गा–जमिन बाँझो पारिएको छ। लिमीकै अर्को तिल गाउँमा पनि हाल २३ घरधुरी बसोवास गर्दै आएको स्थानीय कोनुर्वु तामाङले बताए। २३ घरधुरी मध्य नौ घरधुरीका मानिस ताक्लाकोट गएका कारण घरका ढाकामा ताला लगाइएको छ। सो गाउँमा ६४ घरधुरीले बसोवास गर्दै आएका थिए।

तिल गाउँमा बसोवास गर्नेमध्य केहीले गाउँ छोडेर काठमाडौं जाने तयारी गरिरहेका छन्। अझ गत जेठ महिनामा हिमताल फुटेर पहिरो गएपछि तिलवासी अझै गाउँ छोड्ने मनस्थितिमा पुगेका हुन्।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’