- ताँजाकोट गाउँपालिकाको अतिरिक्त क्रियाकलापमा धर्मोदय मावि ६५.७८ प्रतिशत प्राप्त गर्दै पहिलो स्थानमा आएको छ।
- उत्कृष्ट नतिजाका आधारमा छनोट भएका विद्यालयलाई एक लाखदेखि २५ हजारसम्म नगद पुरस्कार प्रदान गरियो।
- कार्यक्रम अन्तर्गत १४ गतेदेखि १८ गतेसम्म विभिन्न ५५ प्रतियोगितामा १६ विद्यालयले सहभागीता जनाएका थिए।
हुम्ला – ताँजाकोट गाउँपालिकाले प्रतिस्पर्धाात्मक गाउँँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप सप्ताह कार्यक्रममा धर्मोदय मावि पहिलो भएको छ। गणस्तरीय पठनपाठनमा सहयोग पुर् याउन र शैक्षिक सुधारका लागि विद्यालय स्तरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
पाँच दिनसम्म सञ्चालित प्रतियोगितामा ६५ दशमलव ७८ प्रतिशत अंक ल्याएर धर्मोदय मावि पहिलो भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए।
त्यसैगरी ४६ दशमलव ४३ प्रतिशत ल्याएर जनक आधारभूत विद्यालय द्वितीया र ३८ दशमलव ७८ प्रतिशत अंक ल्याएर चन्द्रप्रकाश मावि तृतीया र ३६ दशमलव ७८ प्रतिशत अंक ल्याएर मदानादेव मावि सान्त्वना स्थान हुन सफल भएका छन्।
त्यस्तै प्रथम, द्वितीया, तृतीया र सान्त्वना हुने विद्यालयलाई क्रमशः एक लाख, ७५ हजार, ५० हजार र २५ हजार प्रदान गरिएको थियो। कार्यक्रमअन्तर्गत ५५ वटा प्रतियोगितामध्ये उत्कृष्ट नतिजाको आधारमा बिजेता प्रतियोगी छनोट गरिएको हो।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका छात्राछात्रलाई पाँच हजार, तीन हजार र दुई हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।
गाउँपालिका अध्यक्ष लालकेश जैसीले यसबाट शैक्षिक सुधारका लागि विद्यालयबीच सकारात्मक प्रतिस्पर्धा हुने गरेको बताए। कार्यक्रम १४ गतेबाट १८ गतेसम्म पाँच दिन सञ्चालन भएको थियो। कार्यक्रम अनुसार शैक्षिक सुधारका लागि आधारभूत तह कक्षा एकदेखि तीनसम्म १३ वटा कार्यक्रम सञ्चालन भएका थिए।
जसमा हाजिरीजवाफ, चित्रकला, गणित दौड, अनुलेखन, हस्तलेखन, हिज्जे, श्रुतिलेखनलगायत क्रियाकलाप छन्। आधारभूत तह ४ र ५ मा पनि १३ वटा गतिविधि भएका थिए। उक्त तहमा पनि तिनै गतिविधि सञ्चालन भएका थिए। आधारभूत तह कक्षा छ देखि आठसम्म बाह्र वटा कार्यक्रम सञ्चालन गरिएका थिए। कक्षा नौ र दशमा १५ वटा कार्यक्रम सञ्चालन गरिएका थिए। अतिरिक्त क्रियाकलाप प्रतियोगितामा गाउँपालिकाका १६ वटा विद्यालयले सहभागिता जनाएका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































