काठमाडौँ– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत १० कम्युनिस्ट घटक मिलि बनेको नेपाली कम्युनिस्ट पार्टीले २३ बुँदे घोषणा-पत्र सार्वजनिक गरेको छ।
बुधबार भृकुटीमण्डमा आयोजित एकता सभाबाट देव गुरुङले २३ बुँदे घोषणा पत्र सार्वजनिक गरेका थिए।
घोषणा पत्रमा राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता संरक्षण गर्ने, मार्क्सवाद र लेनिनवादप्रति दृढ रहने, लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहने, संविधानको रक्षा र सुशासनका लागि प्रतिवद्ध रहने रहेको छ।
यस्तै घोषणा पत्रमा जेनजी पुस्ताका मुद्दा र आकांक्षा पूरा गर्न प्रतिवद्ध रहने, पार्टीका नेता तथा कार्यकर्ता उत्पादन कार्यमा संलग्न रहने, कम्युनिस्ट आचरण, अनुशासन र नैतिकताको कडाइका साथ लागू गर्ने, सादा र सरल जीवन कार्यशैली अपनाउने, नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि निर्माण गरी लागू गर्नेलगायत रहेका छन्।
यस्तो छ घोषणा पत्र:


भर्खरै
लोकप्रिय






































































































































































































