नेकपाका संयोजक दाहालको दाबीः पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन, जनताले कुरा सुन्ने छन्

नेकपाका संयोजक दाहालको दाबीः पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन, जनताले कुरा सुन्ने छन्
+
-

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई मुलुकको पहिलो पार्टी बनाउने दृढता व्यक्त गरेका छन्।

बुधबार भृकुटीमण्डपमा आयोजिन पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै दाहालले कसैले रोक्न नसक्ने गरी यो लक्ष्य हासिल गर्ने दाबी गरेका हुन्।

बुधबार माओवादी केन्द्र, एकीकृत समाजवादीसहित दशवटा पार्टी मिलेर एकता घोषणा गरेका हुन्। उनले आफूहरुको एकताले ‘कसैलाई राति निन्द्र नलाग्न’ सक्छु भन्दै विपक्षीहरूलाई कटाक्ष गरे।

उनले पार्टी एकतालाई सशक्त बनाउन र आफ्ना कुरा जनस्तरमा र्पुयाउनका लागि देशव्यापी एकतासभा को कार्यक्रम लिएर जाने योजना रहेको जानकारी दिए। उनले भने, ‘देशव्यापी एकतासभाको कार्यक्रम लिएर जानेछाँै। हाम्रा कुरा जनताले सुन्ने छन्।’

दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफू अहंकार बोकेर नहिड्ने प्रतिबद्धता जनाए। उनले भने, ‘हामी अहंकारमा जानु हुँदैन। अरुलाई पनि एकताबद्ध गरेर जानुपर्छ। दशवटा घटकबीच एकता भयो भनेर हामी चुप लागेर बस्दैनौँ।’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’