विश्वकप लिग–२ः वासिम र साहदादको उत्कृष्ट साझेदारीमा लगातार चौथो खेलमा हार्‍याे नेपाल

विश्वकप लिग–२ः वासिम र साहदादको उत्कृष्ट साझेदारीमा लगातार चौथो खेलमा हार्‍याे  नेपाल
+
-
देशसञ्चार AI सारांश
  • नेपालले विश्वकप लिग–२ अन्तर्गत पाँचौं श्रृंखलाका सबै चार खेल गुमाउँदै १२ अंक सहित सातौं स्थानमा छ।
  • युएईले नेपालसँगको अन्तिम खेलमा ४ विकेटले जित हासिल गर्दा सहादादले उत्कृष्ट ९६ रनको इनिङ खेले।
  • नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै २३९ रन बनाएको थियो जसमा भिम सार्कीले ४८ रन बनाए।

काठमाडाैँ – नेपालले विश्वकप लिग–२ अन्तर्गत जारी पाँचौं श्रृंखलाका सबै चार खेल गुमाउन पुगेको छ। आज भएको युएई सिरिजको अन्तिम खेलमा नेपाल युएइसँग ४ विकेटले पराजित भएसँगै नेपालले जारी सिरिजका सबै ४ खेल गुमाएको हो।

नेपालले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको युएईले उक्त लक्ष्य ५ बल बाँकी हुँदा ६ विकेट गुमाएर पुरा गर्यो। युएईको जितमा मुहम्मद सहादादले ९६ रनको सानदार इनिङ खेले। उनी आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक भन्दा केवल ४ रनले चुके। उनले यहि सिरजमा एकदिवसीय अन्तर्राष्ट्रियमा अमेरिका विरुद्धको खेलमा डेब्यु गरेका थिए।

नेपाललाई पराजित गर्नका लागि सहादादले मुहम्मद वासिमसँग चौंथो विकेटका लागि १ सय ४० बलमा १ सय ४७ रनको सानदार साझेदारी गरेका थिए। उनीहरुको साझेदारीलाई सन्दीप लामिछानेले तोडेपनि टिमको हार टार्न पर्याप्त रहेन्। वासिमले ७३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ७६ रनको इनिङ खेलेर सन्दीपको बलमा पेभिलियन फर्किए।

त्यसअघि युएईले ६८ रन जोड्दा ३ विकेट गुमाएको थियो। वासिमसँग सानदार साझेदारी गरेका सहादाद भने ९६ रनको अवस्थामा खराब सट खेल्न पुग्दा विकेटकिपर आसिफ शेखको हातबाट कयाचआउट भए। उनले १ सय २३ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरेका थिए। उसका लागि थप दोहोरो स्कोरका रुपमा अलिशान सर्राफुले १८ रन बनाए भने शोहाबी खानले २९ रन बनाए। त्यस्तै हर्सीत कौशीख १३ रनमा आउट भए। नेपालका लागि करण केसीले ३ विकेट लंदा नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए।

खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै घरेलु टोली युएईलाई २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रन बनायो।

नेपालका लागि भिम सार्कीले ६८ बलमा ७ चौकाको सहयोगमा ४८ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक आसिफ शेखले ३४ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले ३७ रन बनाए। त्यस्तै आज टिममा पुनरागमन गरेका कुशल मल्ल ५१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाएर आउट भए। त्यस्तै थप दोहोरो स्कोरका रुपमा सन्दीप लामिछाने १५ रनमा अविजित रहे। नेपालले अतिरिक्त रनका रुपमा १९ रन पाएको थियो।

युएईका लागि जुनाइद सिद्दीकी र ध्रुव परासर तथा मुहम्मद जवादुल्लाहले समान २–२ विकेट लिए अर्को एक विकेट जाहिद अलीको नाममा रह्यो।
नेपालले जारी सिरिजमा अघिल्ला तीन खेलनै गुमाउन पुगेको थियो। समग्रमा नेपालले २० खेल खेल्दै १३ हार र पाँच जित र दुई नतिजा विहिन खेलपछि नेपाल १२ अंक बनाउँदै सातौं स्थानमा रहेको छ। युएइ समान खेलबाट ५ जित १५ हार सहित १० अङ्क बनाएर पुछारमा रहेको छ।

नेपाल जारी सिरिजमा पहिलो खेलमा अमेरिकासँग १ सय ६ रनले पराजित हुँदा दोस्रो खेलमा युएइसँग पाँच विकेटले पराजित भएको थियो। त्यस्तै तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले हारेको नेपाल अन्तिम खेलमा युएइसँग ४ विकेटले पराजित भयो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’