काठमाडौं- जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट बाहिर निस्केको सम्बन्धमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजी आन्दोलनमा भएको दमन र आगजनीबारे जाँचबुझ गर्न बनेको आयोगमा बुधबार ५ घन्टासम्म बयान दिएका छन्।
बयान दिन उनी नख्खु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालय पुगेका हुन्।
उनले भदौ २४ गते कारागार प्रशासनले नै आफूलाई रास्वपा कार्यकर्ता र परिवारजनको जिम्मा लगाएको जिकिर गरेका थिए।
उनले त्यो दिन सबैतिर भीडभाड र हुलदंगा भएपनि कारागारकै सुरक्षाकर्मी र कर्मचारीले आफूलाई रास्वपाका कार्यकर्ताहरूको जिम्मा लगाएर पठाएको बयानका क्रममा बताएका हुन्।
कारागारबाट बाहिरिँदा आफूलाई कारागार प्रशासनको पत्रबारे कुनै जानकारी नभएको उल्लेख गर्दै लामिछानेले पत्रबारे पछिमात्र थाहा पाएको जिकिर पनि आयोगसमक्ष गरेको थाहा भएको छ।
आयोगसँग नख्खु कारागारका जेलरले भने ‘आदेश’ आएपछि लामिछानेलाई जेलबाहिर निकाल्ने पत्र बनाएको बताएको थाहा भएको छ। तर, त्यो आदेश कसले दिएको थियो भन्नेबारे भने जेलरले केही बताएनन्।

भर्खरै
लोकप्रिय






































































































































































































