राजा महेन्द्रले बसाएको व्यवस्थित सहर (तस्बिरहरू)

राजा महेन्द्रले बसाएको व्यवस्थित सहर (तस्बिरहरू)
+
-
देशसञ्चार AI सारांश
  • राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार महेन्द्रनगर बजारको गुरुयोजना बनाएर स्थापना गरेको विश्वास गरिन्छ।
  • महेन्द्रनगरमा पाँचवटा फरक पहिचानको गल्ली छन्, जसले विपद्का बेलामा पनि सहजता प्रदान गर्छन्।
  • अतिक्रमणका कारण महेन्द्रनगरको शोभा बिग्रिने भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन्।

काठमाडौँ- अहिले भीमदत्त बजार भनेर चिनिने कञ्चनपुरको महेन्द्रनगर बजार तत्कालीन राजा महेन्द्र शाहको पालादेखि योजनाबद्ध रूपमा स्थापित भएको मानिन्छ । सुदूरपश्चिमका सहरहरुमध्ये योजनाबद्ध रूपमा स्थापित यो एक मात्र शहर हो ।

राजा महेन्द्रले २०१४ सालमा देश दर्शनका नाममा पूर्वको झापा, ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुला हुँदै बैतडीसम्म पैदल भ्रमण गरेका थिए । त्यही क्रममा उनले महेनन्द्रनगरमा व्यवस्थित बस्ती बसाल्ने परिकल्पना गरेको स्थानीय जानकारहरु बताउँछन् । त्यसयता मानिसहरु पहाडबाट महेन्द्रनगर झर्न थालेका थिए ।

राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार गुरुयोजना बनाएर महेन्द्रनगर बजार बसाएको बताइन्छ । पहिले बेलौरीमा रहेको कञ्चनपुर  जिल्ला सदरमुकाम पनि महेन्द्रनगरमा प्रशासकीय भवन निर्माण गरेर त्यहाँ सारिएको थियो ।

हाल महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली छन् । हरेक गल्लीको आफ्नै विशेषता छ । विपद्का बेला पनि यहाँ सहज हुने गल्लीहरू निर्माण गरिएको छ । गल्लीमा बनेका कुनै घर ढलिहाले पनि अर्को घरमा कुनै असर गर्दैन । पछिल्लो समय पार्किङ अभावले भने यहाँको बजार अस्तव्यस्त देखिन्छ ।

सुदूरपश्चिमकै योजनाबद्ध सहरका रूपमा रहेको महेन्द्रनगर पछिल्लो समय अतिक्रमणको चपेटामा परेको छ । अतिक्रमणले बजारको शोभा बिग्रिने भन्दै यहाँका स्थानीयले चिन्ता प्रकट गरेका छन् ।

तस्बिरहरू:

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’