- काठमाडौँमा सफारीको पहिलो एक्सक्लुसिभ शोरूम सिटी सेन्टरमा उद्घाटन भएको छ, जसले ग्राहकमुखी सेवा प्रदान गर्नेछ।
- शोरूमले आधुनिक डिजाइन र उच्च गुणस्तरका ट्राभल एक्सेसरीहरूको विस्तृत श्रृंखला नेपाली यात्रुहरूलाई उपलब्ध गराउने लक्ष्य राखेको छ।
- कम्पनीले पहिलो स्टोर उद्घाटनको अवसरमा ग्राहकहरूलाई सीमित समयको लागि विशेष अफर र छुटको सुविधा दिनेछ।
काठमाडौँ- विश्वप्रसिद्ध लगेज तथा ट्राभल एक्सेसरी ब्रान्ड सफारी (Safari) ले काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा आफ्नो पहिलो एक्सक्लुसिभ शोरूम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
नेपालमा सफारी ब्रान्डको आधिकारिक वितरक तथा व्यवस्थापक शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोबाइल्स रहेको छ।
करीब ३५० वर्गफुट क्षेत्रमा फैलिएको यो नयाँ शोरूमले नेपाली यात्रुहरूका लागि आकर्षक, उपयोगी र टिकाउ लगेज, ब्याकप्याक तथा ट्राभल एक्सेसरीहरूको विस्तृत श्रृंखला उपलब्ध गराउने लक्ष्य राखेको छ।
सफारीले मजबुत बनावट, आधुनिक डिजाइन, आकर्षक रङ र बहुउपयोगिताका कारण विश्वभर यात्रुहरूबीच लोकप्रियता कमाएको ब्रान्ड हो।
शंकर ग्रुपका डाइरेक्टर सक्षम जातीयाजुले भने, “काठमाडौँमा हाम्रो पहिलो एक्सक्लुसिभ शोरूम सुरु गर्न पाउँदा हामी अत्यन्त खुशी छौं। हामीलाई विश्वास छ कि यसले नेपाली यात्रुहरूलाई उत्कृष्ट गुणस्तरका र आकर्षक डिजाइनका ट्राभल सोलुसनहरू छनोट गर्न अझ सहज बनाउनेछ।
सबै मानिसहरू जन्मजात यात्रु हुन् भन्ने विश्वासका साथ, हामी स्टाइलिश, आरामदायी र टिकाउ लगेज तथा ब्याकप्याकहरूका साथ प्रत्येक यात्रुको भरपर्दो साथी बन्न प्रतिबद्ध छौं।”
त्यस्तै, जगदम्बा मोबाइल्सका सेल्स हेड तथा सफारीका सेल्स म्यानेजमेन्ट प्रमुख सन्तोष श्रेष्ठ ले भने, “काठमाडौँमा सफारीको पहिलो एक्सक्लुसिभ शोरूम उद्घाटन गर्नु हाम्रो यात्राको महत्वपूर्ण माइलस्टोन हो। गुणस्तर र नवीनतामा केन्द्रित रहँदै, सफारीले प्रत्येक यात्रुको विविध आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता लिएको छ।”
शोरूम उद्घाटनको अवसरमा ग्राहकहरूका लागि विशेष अफर समेत उपलब्ध गरिएको छ। सीमित समयका लागि सम्पूर्ण खरिदमा ४० प्रतिशतसम्म विशेष छुट प्रदान गरिने कम्पनीले जनाएको छ।
सिटी सेन्टरमा सफारीको नयाँ स्टोरको शुभारम्भसँगै कम्पनीले आफ्नो ब्रान्ड दर्शन टिकाउपन, डिजाइन र मूल्यमा आधारित लगेजद्वारा यात्रुहरूलाई सशक्त बनाउने प्रतिबद्धतालाई पुनःपुष्टि गरेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































