काठमाडौँ- अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
बिहीबार बिहान भंगालस्थित तोडफोड र आगजनी भएको भण्डारीको निवासमा पुगेर निरीक्षणका साथै भेटवार्ता गरेका हुन् । भेटमा पछिल्लो राजनीतिक, समसामयिक विषयहरु र आगामी निर्वाचनबारे छलफल भएको जनाइएको छ।
गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जेनजी आन्दोलनकारीले भण्डारीको निवासमा आगजनी र तोडफोड गरेका थिए । गृहमन्त्री अर्यालले सोही निवासको निरीक्षणसमेत गरेका छन् ।
यसअघि गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए ।

भर्खरै
लोकप्रिय






































































































































































































