पाल्पामा सत्यवती मेलाको रौनक (तस्बिरहरू)

पाल्पामा सत्यवती मेलाको रौनक (तस्बिरहरू)
+
-

काठमाडौँ – ताललाई तीन पटक घुम्ने, आफूले लगेको बाँसको पाती वा लिंगो तालको छेउमा गाड्ने, पूजा गर्ने र अनि चिच्चाएर वर माग्ने ताल छेउमा गाडेको लिंगो चिनेर पूजा गर्ने गरिन्छ। यो दृश्य हो पाल्पाको सत्यवती तालमा लाग्ने कार्तिके पूर्णिमा मेलाको।

पाल्पाको कोलडाँडास्थित सत्यवती तालमा लागेको ५ दिने मेलाअन्तर्गत अन्तिम दिन बुधबार अत्यधिक भीड लागेको थियो। मेला १५ गतेदेखि नै चले पनि मंगलबार बेलुकीदेखि बुधबार बेलुकीसम्म श्रद्धालुको भीड लागेको थियो। यहाँको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाका अनुसार २४ घण्टामा १ लाख ५० हजार भन्दा बढी श्रद्धालुले यसपटक सत्यवती बज्यैको दर्शन गरेका छन्।

सत्यवती मेलामा पाल्पाबाहेक छिमेकका रुपन्देही, कपिलवस्तु, नवलपुर, अर्घाखाँची, स्याङ्जा साथै कास्की, बाग्लुङ्, काठमाडौ, तनहुँ, चितवनबाट श्रद्धालु आउने गर्छन्। यसबाहेक छिमेकी मुलुक भारतका गोरखपुर, सुनौली, नौतुना, बस्ती, नौगढसम्मबाट सत्यवती ताल र यहाँ रहेकी बहिरी बज्यैको दर्शन गर्न, मेला भर्न र भाकल पूरा हुनेहरु भाकल अनुसारको बोका, कुखुरा लिएर आउने गर्छन्।

धार्मिक पर्यटकीयस्थल सत्यवती तालमा कान कम सुन्ने बज्यै भएको र चिच्चाएर वर माग्दा पुग्ने जनविश्वास रहेको छ। तालको वरपरको क्षेत्रमा बज्यै उत्पत्ति भएको विश्वास छ। कानले नसुन्ने भएकाले बज्यैलाई चिच्याएर वर माग्ने चलन रहेको जनविश्वास छ।

मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’