काठमाडौँ – बुधबार घोषणा भएको नेपाली कम्युनिष्ट पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन परेको छ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी नेपाल, नेकपा (समाजवादी), नेकपा (साम्यवादी)सहितका दश दलले एकता घोषणा गरेका छन्।
घोषणा गरेकै दिन बुधबार आयोगमा दल दर्ताका लागि ठाडो निवेदन परेको हो। निवेदन पत्रमा दलको नाम र चुनाव चिन्ह तारा रहने उल्लेख छ।
दल दर्ताका लागि चाहिने अरु कागजात भने पछि ल्याउने गरी निवेदन परेको हो। नेकपाले राख्न लागेको चुनाव चिन्ह तारा जनसमाजवादी पार्टीको रहेको छ।

चिन्ह सुरक्षित भए पनि नाम अरु कसैले दाबी गर्न सक्ने संभावनालाई मध्यनगर गरेर सुटुक्क निवेदन दिइएको माओवादीका एक नेताले जानकारी दिए।
दल दर्ताका लागि विधान, नियमावली, घोषणापत्र, झण्डा, लोगो, छाप, चुनाव चिह्नसहित २३ प्रकारका कागजात चाहिने आयोगले जनाएको छ।
सबै कागजात आइनपुगेकाले निवेदन दर्ता मात्रै भएर बसेको छ। दर्ताको प्रक्रिया अघि बढाउन बाँकी रहेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































