मंसिर १८ गतेबाट प्रदर्शन हुँदै ‘अभिमन्यु ः च्याप्टर–१’

मंसिर १८ गतेबाट प्रदर्शन हुँदै ‘अभिमन्यु ः च्याप्टर–१’
+
-
देशसञ्चार AI सारांश
  • चलचित्र ‘अभिमन्यु ः च्याप्टर–१’ मंसिर १८ गते रिलिज हुने निर्णय गर्दै नयाँ पोस्टर सार्वजनिक गरिएको छ।
  • चलचित्रको मुख्य भूमिकामा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लगायतका कलाकार रहेका छन्।
  • निर्माता विनोद पौडेलले सबैको सहयोग अपेक्षा गर्दै चलचित्रको नयाँ प्रदर्शन मिति छनोट गरेका छन्।

काठमाडौं – चलचित्र ‘अभिमन्यु ः च्याप्टर–१’ले रिलिज डेट लक गरेको छ। निर्माणपक्षका अनुसार अब यो चलचित्र मंसिर १८ गते रिलिज हुनेछ।

पटकपटक प्रदर्शन मिति तय गरेर पनि स्थगन भएको चलचित्रले नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरेको हो। जेनजी आन्दोलन, बाढी पहिरो तथा अन्य चलचित्रको बाक्लो लाइनअपका कारण यो सिनेमा यसअघि पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन सकेको थिएन।

नयाँ पोस्टरमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ। पोस्टरमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देललाई देख्न सकिन्छ। जसलाई क्यारेक्टर पोस्टरमा फिचर्ड छन्।

“हामीले अब मंसिर १८ गते प्रदर्शनमा आउने निर्णय गर्यौँव,” निर्माता विनोद पौडेलले भने, “सबैको सल्लाह र सुझाव अनुसार यो मितिमा आउने निर्णय गरेका हौँ।” उनले सबैको सहयोगका अपेक्षा समेत गरेका छन्।

चलचित्र ‘अभिमन्यु ः च्याप्टर १’को मुख्य भूमिकामा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देललगायत कलाकार मुख्य भूमिकामा छन्।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु ः च्याप्टर १’को क्रिएटिभ निर्देशक मदन थापा छन्। यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ।

‘अभिमन्यु ः च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन्।

शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’