एक व्यक्तिमुखी निर्णय त्यागेर कारबाहीका श्रृंखला रोक्न भन्दै धवलशमशेरले दिए लिङ्देनलाई पत्र

एक व्यक्तिमुखी निर्णय त्यागेर कारबाहीका श्रृंखला रोक्न भन्दै धवलशमशेरले दिए लिङ्देनलाई पत्र
+
-
देशसञ्चार AI सारांश
  • राप्रपा महामन्त्री डा. धवल शमशेर राणाले पार्टीको नेतृत्व शैली र संगठनात्मक अवस्थाप्रति असन्तुष्टि जनाउँदै अध्यक्षलाई पत्र लेखेका छन्।
  • उनले पार्टी निर्णयप्रक्रियामा एक व्यक्तिमुखी प्रवृत्ति र विधिविपरीत कारबाही रोक्न सुधारका कदम चाल्न आग्रह गरेका छन्।
  • तत्काल महाधिवेशनको मिति तोक्न, निष्कासनहरू फिर्ता गर्न र विवाद समाधान समिति गठन गर्न माग राखिएको छ।

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर राणाले पार्टीभित्रको नेतृत्व शैली, निर्णय प्रक्रिया र संगठनात्मक अवस्थाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका छन्।

उनले पार्टीमा एक व्यक्तिमुखी निर्णय, स्वेच्छाचारी प्रवृत्ति र विधिविपरीत कारबाहीको श्रृंखला रोक्न तत्काल सुधारका कदम चाल्न आग्रह गरेका छन्।

डा. राणाले बुझाएको पत्रमा उनले हालको राजनीतिक परिस्थिति र राप्रपाको निष्क्रिय भूमिकामाथि पनि प्रश्न उठाएका छन्।

संसद् विघटन र नयाँ अन्तरिम सरकारको गठनपछि पनि राप्रपाले राजसंस्था र सनातन हिन्दू अधिराज्य पुनर्स्थापनाको पक्षमा ठोस पहल नगरेको, न राजा न अन्य सरोकारवालासँग संवादको पहल भएको भन्दै उनले नेतृत्वको उपादेयता नै शंकाको घेरामा परेको उल्लेख गरेका छन्।

राणाले विगतका आन्दोलनहरू असमयमा समाप्त पारिएको, विरोध प्रदर्शनलाई असंगत रूपमा बन्द गरिएको र यसले कार्यकर्तामा निराशा फैलाएको आरोप लगाएका छन्।

साथै, उनले पार्टीभित्रका नेताहरूलाई विधिविपरीत निष्कासन र निलम्बन गरिएको, महाधिवेशन प्रक्रिया अवरुद्ध पारिएको र निर्वाचनमा हेरफेर गर्ने मनसाय देखिएको जस्ता आरोपसमेत लगाएका छन्।

यस्तै, उनले तत्काल महाधिवेशनको मिति तोक्नुपर्ने, विधानविपरीत भएका निष्कासन र निलम्बन फिर्ता गर्नुपर्ने, निष्पक्ष महाधिवेशनका लागि निर्वाचन समिति सन्तुलित बनाउनुपर्ने र दुई पूर्वअध्यक्षसहितको विवाद समाधान समिति गठन गर्नुपर्ने माग राखेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’