चौथो टी–२० मा भारतले अस्ट्रेलियालाई हरायो

चौथो टी–२० मा भारतले अस्ट्रेलियालाई हरायो
+
-
देशसञ्चार AI सारांश
  • भारतले लगातार दोस्रो टी–२० खेल जितेर पाँच खेलको सिरिजमा २–१ को अग्रता लियो।
  • टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा १६८ रन बनाउँदा, अस्ट्रेलिया ११९ रनमा अलआउट भयो।
  • भारतका वासिंङटन सुन्दरले ३ तथा अक्षर पटेल र शिवंम दुवेले २–२ विकेट लिए।

काठमाडाैँ – भारत र अस्ट्रेलिया बिचको पाँच खेलको टी–२० सिरिजमा भारतले लगातार दोस्रो खेलमा जित हासिल गर्दै सिरिजमा २–१ को अग्रता बनाएको छ। बिहीबार गोल्ड कोस्टमा भएको खेलमा भारतले अस्ट्रेलियालाई ४८ रनले पराजित गर्‍याे। अब यी दुईबीचको अन्तिम टी–२० शनिबार ब्रिसबनमा हुनेछ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो। जवाफमा अस्ट्रेलिया १८.२ ओभरमा अलआउट हुँदै १ सय १९ रनमा समेटियो।

अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्सले ३० रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक म्याथ्यु सर्टले २५ रन बनाए। यि दुई ओपनर बाहेक पछिल्लो क्रम भने लगातार विकेट पतनको सिकार भयो। थप दोहोरो स्कोरका रुपमा जोस इंग्लिसले १२ रन बनाउँदा टिम डेभिडले १४ तथा जोस फिलिपले १० रन बनाए।

त्यस्तै मार्कुस स्टोइनिसले १७ रन बनाउँदा पछिल्लो क्रमले भने दोहोरो स्कोरमा रन बनाउन सकेन्। भारतका लागि वासिंङटन सुन्दरले ३ विकेट लिंदा अक्षर पटेल र शिवंम दुवेले २–२ विकेट लिए। त्यस्ते अर्सदीप सिंह, जसप्रित बुमराह र वरुण चक्रवर्तीले समान १–१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो। उसका लागि शुभमन गिलले ४६ रनको इनिङ खेल्दा अभिषेक शर्माले २८ रन बनाएका थिए।

त्यस्तै शिवंम दुवेले २२ रन तथा वासिंगटन सुन्दरले १२ रन बनाएका थिए। त्यस्तै अक्षर पटेल २१ रनमा नटआउट रहे। अस्ट्रेलियाका लागि एडम जाम्पा र नाथन एलिसले ३–३ विकेट लिंदा जाभियर बार्टलेट र मार्कुस स्टोइनिसले १–१ विकेट लिएका थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’