मंसिर १ गतेदेखि सर्वोच्चले सबै प्रकारका मुद्दा दर्ता र सुनुवाइ गर्ने

मंसिर १ गतेदेखि सर्वोच्चले सबै प्रकारका मुद्दा दर्ता र सुनुवाइ गर्ने
+
-
देशसञ्चार AI सारांश
  • सर्वोच्च अदालतले मंसिर १ गतेदेखि सबै सेवालाई नियमित रूपमा सुचारु गर्ने निर्णय गरेको छ।
  • फुलकोको बैठकले अब सुरु मुद्दा, पुनरावेदनपत्र, र पुनरावलोकन निवेदन नियमित रूपमा दर्ता र सुनुवाइ गर्नेछ।
  • आगजनीका कारण २३ वटा अदालतमा अर्बौंको क्षति भएपछि सर्वोच्चले मंसिर १ देखि ३० दिन हदम्याद थाम्न दिने निर्णय गर्यो।

काठमाडौँ – सर्वोच्च अदालतले मंसिर १ गतेदेखि आफ्नो सेवालाई नियमित गर्ने भएको छ।

जेनजी आन्दोलनका नाममा भदौ २४ गतेको आगजनी तथा तोडफोडका कारण आंशिक सेवा दिँदै आएको सर्वोच्चले मंसिरदेखि भने सबै सेवालाई नियमित अवस्थामा फर्काउने भएको हो।

बिहीबार बसेको फुलकोको बैठकले हालसम्म रिट निवेदन र केही अत्यावश्यक दफाहरूका निवेदन मात्र दर्ता र सुनुवाइ हुँदै आएकोमा अब सुरु मुद्दा, पुनरावेदनपत्र, दोहोर्याई पाउँको निवेदन तथा पुनरावलोकनको निवेदनसहितका सबै सेवा प्रकारका मुद्दा तथा निवेदनहरूको नियमित रूपमा दर्ता एवं सुनुवाइ गर्ने भएको हो।

सर्वोच्चले आन्दोलन भएको दिन भदौ २४ गतेदेखि कार्तिक ३० गतेसम्मको अवधिलाई शून्य अविधका रुपमा गणना गर्ने भएको छ।

सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार यो अवधिलाई हदम्याद, म्याद र तारेखको रूपमा गणना गरिने छैन। सर्वोच्चले मङ्सिर १ गतेदेखि ३० दिनसम्म हदम्याद, म्याद र तारेख थाम्न सकिने सुविधा दिने निर्णय गरेको छ।

जेनजी आन्दोलनका कारण देशभरका २३ वटा अदालतमा आगजनी भएको थियो। जसका कारण ती अदालतमा अझै काम नियमित अवस्थामा फर्किन सकेको छैन। आगजनीका कारण अर्बौ रुपैयाँको क्षति भएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’