ललितपुर संगीतको सिर्जनात्मक सहर घोषणा

ललितपुर संगीतको सिर्जनात्मक सहर घोषणा
+
-
देशसञ्चार AI सारांश
  • ललितपुर महानगरलाई युनेस्कोले संगीतको सिर्जनात्मक शहर घोषणापछि चार वर्षे योजना तयार गरेको छ।
  • महानगरले शैक्षिक कार्यक्रम, नीति निर्माण र स्रोेत-साधनको विकासका लागि सिर्जनात्मक कला केन्द्र स्थापना गर्नेछ।
  • संगीतलाई रोजगारी सिर्जनाको माध्यम बनाउँदै महानगरको अन्तर्राष्ट्रिय छवि उँचो बनाउन महानगर प्रमुखले जोड दिएका छन्।

काठमाडौँ- ललितपुर महानगरपालिकालाई युनेस्कोले संगीतको सिर्जनात्मक शहर घोषणा गरेको छ। महानगरले बिहीवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।

महानगरले संगीतको माध्यमबाट नगरवासीलाई रोजगारीको नयाँ अवसर सिर्जना गर्नसक्ने महसुस गरी संगीत विधामा परम्परागत संगीतको संरक्षण गर्दै समकालिन संगीतलाई युनेस्को सिर्जनात्मक शहरहरुको सञ्जालको सदस्यताका लागि पहल गरेको थियो।

गत अक्टोबर ३१ मा विश्व शहर दिवसको अवसर पारेर ललितपुर महानगरलाई युनेस्कोले संगीतको सिर्जनात्मक शहर घोषणा गरेको जनाइएको छ । युनेस्कोबाट संगीत विधामा सदस्यता प्राप्त गरेसँगै महानगरले चार वर्षका लागि संगीत क्षेत्रमा काम गर्ने योजना समेत तयार पारेको छ ।

महानगरले संगीत क्षेत्रमा अनुसन्धान तथा शैक्षिक कार्यक्रम गर्ने, आवश्यक नीति निर्माणमा पहलकदमी गर्ने तथा स्राेत-साधनको विकासका लागी ललितपुर सिर्जनात्मक कला केन्द्रको स्थापना गर्ने लगायतका योजना तयार पारेको छ ।

महानगरका प्रमुख चिरिबाबु महर्जनले युनेस्कोबाट महानगरपालिकालाई संगीतको शहर घोषणा गरेपश्चात परम्परागत, समकालिन तथा आधुनिक संगीतको जगेर्ना गर्दै यस क्षेत्रमा युवाहरुलाई प्राथमिकताका साथ सहभागी गराउने बताए । संगीतलाई रोजगारी सिर्जनाको माध्यम बनाउन महानगरपालिकालाई महत्वपूर्ण जिम्मेवारी र अवसर प्राप्त भएको उनको भनाई छ । संगीतको माध्यमबाट महानगरको छवि र परिचयलाई अन्तर्राष्ट्रियस्तरमा थप उँचो बनाउन सबैको साथ सहयोग हुने उनले बताए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’