काठमाडाैँ – बिहार विधानसभा निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न भएको छ। बिहान ७ बजेबाट साँझ ५ बजे सम्म भएको मतदानमा ६०.१३ प्रतिशत भोट खसेको भारतीय सञ्चारमाध्यामले जनाएका छन्।
सर्वाधिक भोट बूसरायमा खसेको छ। जहाँ ६७.३२ प्रतिशत भोट खसेको हो। त्यस्तै सर्वाधिक कम भोट शेखरपुरमा ५२.३६ प्रतिशत खसेको छ। त्यस्तै बिहारको राजधानी पटनामा ५५.०२ प्रतिशत मतदान भएको छ।
अतिसंवेदनशिल मानिएका बुथहरुमा पनि साँझ ५ बजे सम्मनै मतदान भएको थियो। बिहारको शहरी इलाकामा मानिसहरुमा मतदानप्रति त्यतिधेरे उत्साह नपाइएको भारतीय सञ्चारमाध्यामले दावि गरेका छन्।
१ सय २१ सिटका लागि आज १८ जिल्लामा मतदान भएको हो। जहाँ शहरी इलाकाका रुपमा रहेको पटनाको ३ क्षेत्रमा कम मतदान भएको थियो। पटनाको कुम्हरार, दीघा तथा बांकीपुरमा ४० प्रतिशत भन्दा कम मतदान भएको हो।
यो सँगै १३१४ उम्मेद्वारको भाग्य इभिएममा कैद भएको छ। बिहारको २ सय ४३ सिटमा २ चरणमा निर्वाचन हुँदै छ। दुबै चरणको मतदान सम्पन्न भएपछि १४ नोभेम्बरमा मतगणना गरिने कार्यतालिका रहेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































