रास्वपाले गर्यो एमालेको सिको, केन्द्रीय समिति बैठकको तयारी पुरा

रास्वपाले गर्यो एमालेको सिको, केन्द्रीय समिति बैठकको तयारी पुरा
+
-
देशसञ्चार AI सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठकके लागि सौराहा, चितवनमा तयारी पूरा भएको छ।
  • ५ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुने यस बैठकमा पार्टीको आगामी रणनीति तय गरिनेछ।
  • पार्टी सभापति रवि लामिछानेको फोटो बैठकस्थलमा राखिएको, जसले समानन्तरस्थीतिः एमालेको सिको देखाउँछ।

काठमाडौँ – चितवनको सौराहामा शुक्रवारदेखि शुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठकको तयारी पूरा भएको छ ।

बिहीवार चितवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै विस्तारित बैठकको तयारी पूरा भएको पार्टीले जनाएको छ ।

पार्टीको आगामी रणनीति तय गर्न भोलिदेखि सुरु हुने बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने पार्टी सचिवालय सदस्य हरी ढकालले बताए।

ढकालका अनुसार बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा. स्वर्णिम बाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ ।

उनले भने, ‘भोलिको विस्तारित बैठकमा देशैभरीबाट ५ सय जनाहरु आउँदै हुनुुहुन्छ । केन्द्र, प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधि साथिहरु सहभागी हुनेछन्। म आफू बैठकको व्यवस्थापकीय जिम्मेवारीमा रहेको हुनाले विस्तारित बैठकलाई सम्पन्न गर्न सहयोग गर्नको लागि हार्दिक अपिल समेत गर्दछु।’

बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ।

बैठकस्थलमा पुर्पक्ष थुनामा रहेको पार्टी सभापति रवि लामिछानेको फोटो प्रवेशस्थलदेखि बैठक कक्षसम्ममा राखिएको छ। एमालेले पार्टीका तल्लो तहका कार्यक्रममा समेत अध्यक्षको फोटो, पोष्टरहरु छ्प्पछ्प्ती राख्ने गरेको छ। रास्वपाले त्यसकै सिको गरेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’