अ
+
अ
अ
-
काठमाडौँ- प्रहरी संगठनभित्र एकपछि अर्को विवादास्पद निर्णय गरेर आलोचित बनिरहेका प्रहरी प्रमुख चन्द्रकुबेर खापुङप्रति भदौ २३ र २४ गतेको घटनाबारेको जाँचबुझ आयोग कडा रूपमा प्रस्तुत भएपछि उनले बिहीबार स्पष्टीकरण बुझाएका छन्।
करिब एक महिनाअघि आयोगले मागेको विवरण दिन खापुङले आनाकानी गरेपछि बुधबार आयोगले उनको नाम नै तोकेर २४ घन्टे स्पष्टीकरण मागेको थियो।
स्पष्टीकरणमा खापुङले आफूले विवरण ढिला पठाउने मनशाय नराखेको उल्लेख गरेको स्रोतले जानकारी दिएको छ। यद्यपि उनले करिब एक महिनासम्म विवरण पठाउन ढिला हुनुको कारण स्पष्ट गर्न सकेका छैनन्।
खापुङले आयोगका कामकारबाहीप्रति असहयोग गरेको ठहर गरेर आयोगले उनलाई स्पष्टीकरण सोधेको हो।
यसैबीच आयोगले भदौ २३ र २४ गते जिम्मेवारीमा रहेका प्रहरी अधिकारीहरूसँग बयान लिन सुरु गरिसकेको स्रोतले जानकारी दिएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































