हङकङ सुपर सिक्स: रासिदको ह्याट्रिक र सन्दीपको विष्फोटक अर्धशतकका बाबजुत अफगानिस्तानसँग हार्यो नेपाल

हङकङ सुपर सिक्स: रासिदको ह्याट्रिक र सन्दीपको विष्फोटक अर्धशतकका बाबजुत अफगानिस्तानसँग हार्यो नेपाल
+
-
देशसञ्चार AI सारांश
  • हङकङमा भएको सुपर सिक्सेस क्रिकेटमा नेपाल अफगानिस्तानसँग १८ रनले पराजित भयो, सन्दीप जोराले ५३ रन बनाए।
  • अफगानिस्तानले ६ ओभरमा ११२ रन बनायो, करिम जनतले १० बलमा ३५ रनको योगदान दिए।
  • नेपालका रसिद खानले ह्याट्रिकसहित ४ विकेट लिँदा अफगानिस्तान ६ ओभरमै अलआउट भएको थियो।

हङकङमा जारी हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग १८ रनले पराजित भएको छ।

नेपालका लागि बलर रासिद खानले ह्याट्रिक सहित ४ विकेट लिंदा ब्याटर तथा कप्तानी गरेका सन्दीप जोराले १४ बलमा ५३ रनको विष्फोटक इनिङ खेलेपनि टिमको हार टार्न पर्याप्त रहेन।

पहिले ब्याटिङ गर्दै अफगानिस्तानले निर्धारित ६ ओभरमा दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान जोराले १४ बलमा ८ छक्का र १ चौका प्रहार गर्दै ५३ रन जोड्दा रिटायर्ड  (५० रन पुरा गरेपछि पेभिलियन फर्किनु पर्ने नियम) भए। नेपालका लागि थप दोहोरो रनको स्कोरका रुपमा लोकेश बमले १० रन बनाउँदा रासिद खानले ११ र मोहम्मद अदिल आलमलेपनि ११ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा अलआउट हुँदै १ सय १२ रन बनाएको थियो। उसका लागि करिम जनतले १० बलमा ३५ रन बनाउँदा गुल्बदिन नाइबले २२ तथा फर्मनल्लाहले ९ बलमा ३० रनको इनिङ खेल्दै टिमलाइ उच्च स्कोरमा पुर्याएका थिए। नेपालका लागि रसिद खानले सुपर सिक्समा दुर्लभ ह्याट्रिक हात पारे। उनले पाँचौ ओभरको पहिलो दोस्रो र तेस्रो बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरेका थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’