कर्णाली याक्सको एनपिएल ट्रफी यात्रा सम्पन्न, हरेक खेल जित्दा एसियन पेन्टसले १ लाख दिने

कर्णाली याक्सको एनपिएल ट्रफी यात्रा सम्पन्न, हरेक खेल जित्दा एसियन पेन्टसले १ लाख दिने
+
-
देशसञ्चार AI सारांश
  • कर्णाली याक्स स्पोर्ट्स प्रालीले कर्णाली प्रदेशका विभिन्न स्थलमा नेपाल प्रिमियर लिग ट्रफी यात्रा सम्पन्न गरेको छ।
  • कार्यक्रम क्रममा हजारौँ विद्यार्थी एवं स्थानीयले ट्रफी नजिकैबाट अवलोकन गरेका थिए।
  • जित्ने हरेक खेलबाट कर्णाली प्रदेश क्रिकेट संघले एक लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।

काठमाडौँ- कर्णाली याक्स स्पोर्ट्स प्रालीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली प्रदेशमा विभिन्न शहर, धार्मिक स्थल तथा पर्यटकीय क्षेत्रमा ट्रफी यात्रा सम्पन्न गरेको छ ।

कर्णाली याक्सले कर्णाली प्रदेश क्रिकेट एसोसियनसँगको समन्वयमा पहिलो दिन (मंगलबार) सल्यानको कुपिण्डे ताल र खलंगा बजारमा ट्रफी यात्रा गरेको हो । दोस्रो दिन (बुधबार) सुर्खेतको काँक्रेविहारसँगै विरेन्द्रनगर परिक्रम गराइएको थियो । सो क्रममा हजारौँ विद्यार्थी तथा स्थानीयले ट्रफी नजिकैबाट नियालेका थिए ।

बिहीबार प्रशिद्ध धार्मिकस्थल देउतीबज्यै मन्दिरमा पुर्याएर ट्रफीलाई सुदूरपश्चिम पठाइएको थियो । कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिहरुको पनि उत्साहजनक रुपमा सहभागिता रहेको थियो ।

यसअघि बुधबार काँक्रेविहारबाट कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले ट्रफी अनावरण गरेका थिए ।

ट्रफी यात्राका कर्णाली याक्सका प्रतिनिधिसँगै कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेत, एनालिष्ट रवि थापा तथा खेलाडीहरु विपिनप्रसाद शर्मा, युनिससिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रे सहभागी भएका थिए ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

हरेक खेल जित्दा क्रिकेट संघलाई १ लाख
कर्णाली याक्सले जित्ने हरेक खेलबाट कर्णाली प्रदेश क्रिकेट संघले एक लाख रुपैयाँ पाउने भएको छ । कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले कर्णाली याक्सले जित्ने हरेक खेलवापत एसियस पेन्टस्ले एक लाख रुपैयाँ कर्णालीको क्रिकेटको विकासका लागि उपलब्ध गराउने घोषणा सुर्खेतमा गरेका थिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’