काठमाडौँ- स्वास्थ्य सेवा विभागले आज शुक्रबार पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइरहेको छ ।
६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि आज खुवाइँदै गरेको हो । अर्को चरणको भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाख ६ र ७ गते खुवाइने छ ।
यो कार्यक्रम सञ्चालन गर्न ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन भएका छन् । बालबालिकामा कुपोषणको जोखिम हुन नदिन सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।
थप तस्बिरहरू:

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी।

भर्खरै
लोकप्रिय






































































































































































































