- प्रहरी महानिरीक्षक खापुङले राजनीतिक आन्दोलनका क्रममा भएको सम्पत्तिको आक्रमणले नेपालमा आतंकवादलाई प्रश्रय दिने बताएका छन्।
- उनले सोसल मिडियाबाट बिध्वंशको प्रवृत्ति बढ्दा देश ठूलो दुर्घटनातर्फ जाने चेतावनी दिए।
- खापुङले संसद भवन जस्ता सरकारी संरचना बचाउन विशेष फोर्सलाई गोली चलाउने अधिकार अवश्यक रहेको बताए।
काठमाडौं- प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले राजनीतिक आन्दोलनका क्रममा व्यक्तिगत सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट हुने घटनाले नेपालमा आतंकवादलाई प्रश्रय दिने बताएका छन्। निहत्था प्रहरीलाई कुटेर, घिसारेर, घोचेर मार्दा पनि उल्टै प्रहरीमाथि नै प्रश्न उठाउने प्रवृतिले समाज सुरक्षित नहुने खापुङले बताए। उनले कानुनबमोजिम कारबाही गर्दा प्रहरीलाई छानबिनको दायरामा ल्याइएको भन्दै आपत्ति जनाएका छन्।
खापुङले भदौ २३ गते गोली चलाउने परिस्थितिमा पनि प्रहरीलाई नै दोषी देख्ने र भोलिपल्ट गोली नचलाउँदा पनि प्रहरीमाथि नै प्रश्न उठाइएकोमा उल्टै प्रश्न गरेका छन्।
खापुङले संसद भवन, सिंहदरबारजस्ता ‘भाइटल सरकारी संरचना’ जोगाउन विशेष फोर्स रहने र उनीहरूलाई गोली चलाउने अधिकार रहेको भन्दै त्यस आधारमा कारबाही गर्ने हो भने प्रहरी संरचना नै राज्यले नराखे हुने पनि बताए। भदौ २३ मा पनि न्यून बल प्रयोग गर्न तत्कालीन सरकारले निर्देशन दिएको र २ हजार गोली चल्दा पनि न्यूनतम मानवीय क्षति भएको आईजीपीले अन्तर्वार्ताका क्रममा बताए। संसद भवन फोडेर भित्र छिर्दै आगजनी गर्न थालेपछि बाध्य भएर गोली चलाउनुपरेको भन्दै खापुङले केही नगर्दा पनि हतियार प्रयोग नगरेबापत छानबिन हुने र केही गर्दा पनि छानबिन हुने कुराले नीतिगत स्पष्टताको आवश्यकता रहेको बताए।

भर्खरै
लोकप्रिय






































































































































































































