काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयपछि देशको बागडोर आफ्नो पार्टीले सम्हाल्ने दाबी गरेका छन्।
चितवनको सौराहामा शुक्रबारबाट सुरु भएको पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले देशको बागडोर रास्वपाले सम्हाल्ने दाबी गरेका हुन्। उनले संघीय निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अब सबै निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए।
अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको छ। अब घनिभूत ढंगबाट निर्वाचनको तयारी गर्नुपर्ने वाग्लेले बताए। विचार, योजना र सिद्धान्तमा टेकेर जनतालाई प्रेरित पार्नुपर्ने उनको भनाइ थियो।
उनले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीमा एकजुट भएर लाग्न पार्टीका नेता, कार्यकताहरुलाई निर्देशन दिए।

भर्खरै
लोकप्रिय






































































































































































































