धर्मसँग मानवीय भावनालाई जोडौँः ढकाल

धर्मसँग मानवीय भावनालाई जोडौँः ढकाल
+
-
देशसञ्चार AI सारांश
  • अध्यक्ष चन्द्रप्रसाद ढकालले गण्डक क्षेत्रमा धार्मिक गतिविधि वृद्धि भएको बताउँदै मानवीय भावनालाई धर्मसँग जोड्न आवश्यक रहेको उल्लेख गरे।
  • मानव सेवा आश्रमले सडकमुक्त अभियान चलाएकोमा ढकालले प्रशंसा गर्दै भवन निर्माणमा व्यक्तिगत र संस्थागत सहयोगको प्रतिबद्धता जनाए।
  • बागलुङको धार्मिक पर्यटनको प्रवर्द्धनमा योगदान गर्दै मानवीयता मन्दिर निर्माणका लागि सबैको सहयोग आवश्यक रहेको ढकालको धारणा छ।

गलकोट (बागलुङ) – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदिक सनातन धर्मका हिसाबले महत्वपूर्ण रहेको गण्डक क्षेत्रमा धार्मिक गतिविधि बढेको बताएका छन्।

अध्यक्ष ढकालले मानव जातिका लागि मानव सेवा आश्रमले सातै प्रदेशमा चलाएको सडक मानव मुक्त अभियानको मुक्तकण्ठले प्रशंसा गर्दै पवित्र कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माण थालिएको बताए। उनले धर्मसँग मानवीय भावनालाई जोडेर बागलुङ भूमिलाई थप चिनाउन आवश्यक रहेको उल्लेख गरे।

मानव सेवा आश्रम बागलुङको शाखाको भवन निर्माणका लागि आयोजना गरेको श्रीमद्भागवत ज्ञान–विज्ञान महायज्ञको आज उद्घाटनपछि अध्यक्ष ढकालले मानवीय भावनालाई धर्मसँग जोडेर बागलुङलाई चिनाउन आवश्यक रहेको बताए। उनले महायज्ञमार्फत मानवताको मन्दिर निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताए।

“मानवीय भावनाको पुण्यकार्यमा सबैको सहयोग रहन्छ, पवित्र कालीगण्डकी तट जुन मुक्तिनाथ र दामोदरकुण्डको काखमा छ। आश्रमको भवन निर्माणमा व्यक्तिगत र संस्थागत रुपमा सहभागी हुन्छु”, उनले भने।

विश्वका हिन्दू धर्मावलम्बीहरुका आस्थाका धरोहर मुक्तिनाथ क्षेत्र दामोदरकुण्डदेखि गलेश्वर हुँदै बागलुङ कालिका, मोदीवेणी धाम, जैमिनी ऋषिले तपस्या गरेको जैमिनीघाट पनि हाम्रा सुप्रसिद्ध तीर्थस्थललाई मानव सेवा आश्रमले जोड्नुपर्ने अध्यक्ष ढकालले बताए। कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले चिरेको बागलुङ धार्मिक पर्यटनको क्षेत्रमा अघि बढेको बताउँदै मानवीयताको मन्दिर निर्माणमा सबैले सहयोग गर्न आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ छ। आश्रमका अभियन्ता रामजी अधिकारी, सुमिरा लामासहित सबैलाई थव मानवीय क्षेत्रमा काम गर्न उनले आग्रह गरे।

सडकमा अलपत्र परेका, बेसहारा भएका, सहयोगापेक्षी, अभिभावकविहीन र अलपत्र परेका जस्को कोही छैन त्यस्को मानव सेवा आश्रम छ भन्ने सन्देश नेपालभर पुर्‍याउन आवश्यक रहेको उनको भनाइ थियो। विसं २०७२ मा बागलुङ शाखाको स्थापना भएको मानवसेवा आश्रम अहिले भाडाको भवनमा ६४ जनालाई आश्रय प्रदान गर्दै आएको छ।

बागलुङ नगरपालिका–४ निरयघाटमा २०७८ देखि निर्माण थालिएको मानव सेवा आश्रमको भवन निर्माणमा रु पाँच करोड खर्च भइसकेको छ भने भवन सम्पन्नताका लागि थप रु चार करोड खर्च लाग्नेछ। यही कात्तिक २८ गतेसम्म सञ्चालन हुने महायज्ञको प्रमुख कथा वाचकका रुपमा भागवत् भाष्कर कमलनयन गौतम रहेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’