काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेकाले पुनःस्थापना पनि उनले नै गर्नुपर्ने तर्क गरे।
उनले प्रतिनिधि सभाको पुनःस्थापना अदालतले गरेन भने राष्ट्रपतिले गर्नुको विकल्प नरहेको जिकिर गरे। उनले प्रतिनिधिसभा पुनःस्थापनाको आफ्नो पार्टीको माग सत्य भएको जिकिर गर्दै त्यसको पक्षमा आमनेपाली जनता उभिनुपर्नेसमेत बताए।
उनले भने, ‘विघटित प्रतिनिधिसभाको तत्काल पुनःस्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनुपर्दछ। र प्रतिनिधिसभा पुनःस्थापनाको मागलाई तीव्र बनाउनुपर्दछ। जसले विघटन गर्छ, त्यसले पुनस्थापना गर्छ। कि त अदालतले गर्छ। होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नुपर्छ। असंवैधानिक ढंगले विघटन गर्नसक्ने, पुनःस्थापना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले? पुनःस्थापना गर्नुपर्यो नि।’

भर्खरै
लोकप्रिय






































































































































































































