काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अन्ततः विघटित प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिने दाबी गरेका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेससँग आफूहरुले संवाद गरिरहेकोसमेत बताए।
उनले शेरबहादुर देउवा उपचारका लागि बाहिर गएपछि कांग्रेसमा नेतृत्वको अभाव देखिएको बताए। अध्यक्ष ओलीले देउवाकै अभावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लम्बिएको जिकिरसमेत गरे।
उनले भने, ‘कांग्रेससँग हाम्रो संवाद भइरहेको छ। कांग्रेस फाइनल्ली मेरो विश्वास छ– पुनःस्थापनामा पुग्छ। कुराकानी भइराखेको छ। तर, अब कांग्रेसभित्र जटिलता छ। शेरबहादुरजी उता जानुभयो। लिडरसिप क्राइसिस छ।’

भर्खरै
लोकप्रिय






































































































































































































