काठमाडौँ – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइको काम पारदर्शी र त्रुटिरहित बनाउन सुरक्षण मुद्रण केन्द्रलाई दिएका छन्।
शुक्रबार सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइ कार्यको शुभारम्भ गर्दै मन्त्री खरेलले समय समयमा सुरक्षण मुद्रण केन्द्र भ्रष्टाचारसँग जोडिने गरेको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध शतर्क रहन आग्रह गरे।
सुरक्षण मुद्रण केन्द्रलाई भ्रष्टाचारको विवादबाट पूर्णरुपमा मुक्त नभएको उल्लेख गर्दै उनले खरिद गरिएका सामग्रीका बारेमा प्रश्न उठ्ने गरेको बताए। लाइसेन्स वितरणमा हुने ढिलासुस्ती र त्रुटिलाई न्यूनीकरण गर्ने गरी काम गर्न उनको निर्देशन छ।
गत भदौ अन्तिम साताको जेन–जी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको लाइसेन्स छाप्ने मेसिनसहितका उपकरण आगजनीबाट क्षतिग्रस्त भएपछि विभागले केन्द्रबाट लाइसेन्स छाप्न लागेको हो। विभागसँगको समन्वयमा केन्द्रले पहिलो चरणमा १२ लाख सवारीचालक अनुमतिपत्र छाप्नेछ।

भर्खरै
लोकप्रिय






































































































































































































