प्रहरी हिरासतमा रहेका निकोलस भुसाल अस्वस्थ भएपछि अस्पताल लगियो

प्रहरी हिरासतमा रहेका निकोलस भुसाल अस्वस्थ भएपछि अस्पताल लगियो
+
-
देशसञ्चार AI सारांश
  • प्रहरी हिरासतमा रहेका डा. निकोलस भुसालको स्वास्थ्य कमजोर भएपछि उनलाई अस्पताल लगिएको छ।
  • भुसाललाई प्रहरीले ६० घन्टादेखि अनसनमा बसेका कारण गम्भीर अवस्था भएपछि अस्पताल लगेको जनाइएको छ।
  • सार्वजनिक शान्ति विरुद्धका अभिव्यक्तिका कारण प्रहरीले उनलाई गोरखाको आश्रमबाट पक्राउ गरेको थियो।

काठमाडौँ-  प्रहरी हिरासतमा रहेका अभियन्ता डा. निकोलस भुसालको स्वास्थ्य कमजोर भएपछि उनलाई अस्पताल लगिएको छ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई  प्रहरीले परीक्षणका लागि वीर अस्पताल लगेको हो।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश थापाले डा. भुसाललाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको जानकारी दिए।

उनी निकट रहेकाहरूले भने भुसाल प्रहरी हिरासतमै ६० घन्टादेखि आमरण अनसनमा रहेको र उनको अवस्था गम्भीर बनेपछि अस्पताल लगिएको बताएका छन्।

यसअघि बुधबार उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई ५ दिनको म्याद दिएको थियो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका थिए।

हिंसा भड्काउने अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर बुधवार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो। भुसाल मंगलबार गोरखाको सरस्वती आश्रमबाट पक्राउ परेका हुन्।

भुसालले कात्तिक १६ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौंका तत्कालिन प्रजिअ छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। त्यस्तै उनले ‘क्षेप्यास्त्र आक्रमण गर्ने’ चेतावनी दिएका थिए। सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’