काठमाडौँ – सर्वोच्च अदातलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनःस्थापित गर्न अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
शाक्यलाई एमडीबाट निकालेर मनोज सिलवालाई नियुक्त गरेपछि त्यसका विरुद्ध उनले सर्वोच्चमा रिट दायर गरेका थिए।
रिटमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश अव्दुल अजीज मुसलमान नृपध्वज निरौलाले माग बमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
शाक्यले आफूलाई पदमुक्त गर्ने मन्त्री घिसिङको निर्णय असंवैधानिक भएको दाबी गर्दै यहि १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
शाक्यलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चार वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा २०८१ चैत ११ गते नियुक्त गरेको थियो।
तर कार्यकालको आधा नपुग्दै, गत असोज ५ गते मन्त्री घिसिङले उनलाई पदबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































