लमजुङमा जीप दुर्घटन हुँदा दुई जनाको मृत्यु

लमजुङमा जीप दुर्घटन हुँदा दुई जनाको मृत्यु
+
-

लमजुङ- लमजुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गएराति मस्र्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

मृत्यु हुनेमा सो जीप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए । जीप अनयन्त्रित भएर सडकबाट ८०० मिटर तल खस्दा गम्भीर घाइते भएपछि प्रहरीले उनीहरूको उद्धार गरेको थियो ।

घाइतेहरूलाई बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल बेँसीसहर लमजुङमा उपचारको लागि ल्याए पनि उपचारको क्रममा मृत्यु भएको उनको भनाइ छ ।

त्यस्तै सोही जीपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका ४ का २० वर्षीय उमेश लिम्बू भने सकुसल रहेको प्रहरीले जनाएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’