महाधिवेशमा मेरो सम्बोधनपछि कुनै विषयमा छलफल हुँदैन: ओली

महाधिवेशमा मेरो सम्बोधनपछि कुनै विषयमा छलफल हुँदैन: ओली
+
-
देशसञ्चार AI सारांश
  • नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष ओलीले निर्देशनात्मक सम्बोधनबाहेक अरु कुनै कार्य नहुने बताएका छन्।
  • ओलीले विद्याधारी पक्षको चुनौतीको सामना गर्दै महाधिवेशनलाई कर्मकाण्डी बनाउन खोजेको देखिन्छ।
  • ओलीको कार्यशैलीको आलोचना गर्दै नेताहरुले चुनावमा क्षति व्यहोर्न सक्ने भनेका छन्।

काठमाडौँ– एक महिनापछि काठमाडौँमा हुने नेकपा एमालेको ११औँ महाधिवेश कर्मकाण्डी हुने संकेत अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्।

शुक्रबार विद्धत वर्गसँगको अन्तरसम्वाद कार्यक्रममा ओलीले महाधिवेशनमा आफ्नो निर्देशनात्मक सम्बोधनबाहेक अरु कुनै कुरा नहुने बताएका हुन्।

ओलीले महाधिवेशन हलमा नीति र नेतृत्वकाबारेमा हुन सक्ने छलफललाई महिनादिन अघिनै अस्वीकृत गरेका छन्। एमालेमा विद्या भण्डारी पक्षले ईश्वर पोखरेलको नेतृत्वमा फरक प्यानल बनाएर ओलीसँग प्रतिष्पर्धा गर्ने तयारी गरेपछि ओलीले महाधिवेशनको सर्वाधिकारलाई कर्मकाण्डीमा परिणत गर्ने घोषणा गरेका छन्।

‘यसपल्ट महाधिवेशनमा मेरो उद्घाटन मन्तव्य जति आउँछ त्यति नै हो। मैले एकतर्फी महाधिवेशनलाई सम्बोधन गर्ने हो। त्यो निर्देशनात्मक सम्बोधन हुन्छ’, उनले भने ‘त्यसमा छलफल हुन भ्याउँदैन। किनभने महाधिवेशन लम्बिन्छ। त्यसलाई हामी धान्न सक्दैनौँ।’

ओली प्रधानमन्त्री रहेकै बेला भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको मृत्युभयो। राज्यका मुख्य निकाय ध्वस्त पारियो। जेनजी आन्दोलनले परिवर्तन खोजेको भन्दै नेताहरु ईश्वर पोखरेल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टहरुले ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन्।

उनीहरुले अब ओलीले पार्टीको नेतृत्व गर्न नहुने र उनलाई पदमा राखेर चुनावमा जाँदा क्षति व्यहोर्नुपर्ने बताइरहेका छन्। ओलीले यसरी आफूमाथि प्रश्न गर्ने नेताहरुलाई पार्टी नै छाडेर जान चेतावनीसमेत दिइसकेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’