काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने बताएका छन्।
शनिबार काठमाडौँमा उद्योग वाणिज्य महासंघद्वारा आयोजित राष्ट्रिय बृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले यसमा नागरिक स्तरको तहबाट पनि सहयोग आवश्यक रहेको बताए।
उनले सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन सक्ने बताए। उनले अहिलेसम्म जेन–जी आन्दोलनका क्रममा लुटिएका ७ सय १० वटा हतियार फिर्ता भइसकेको र केही अझै फिर्ता हुन बाँकी रहेको बताए।
आन्दोलनका क्रममा १४ हजार ५ सय ४९ जना फरार रहेकोमा ९ हजार ५ सय २१ जना फिर्ता आइसकेको र अझै पाँच हजार १ सय ५ जना बाहिर रहेको उनले जानकारी दिए। गृहमन्त्री अर्यालका अनुसार अझै ३५ प्रतिशत कैदीबन्दी फरार छन्।
उनले भने, ‘पाँच हजार १ सय ५ जना अहिले पनि बाहिर छन्। हतियार र कैदीहरुलाई फिर्ता गर्नको लागि पटक–पटक सूचना निकालेर आइदिनुस्, हतियार फिर्ता दिनुस् पनि भनेका छौँ। अझै बाहिर हुनुहुन्छ। त्यसलाई विशेष अपरेशन चलाउँछौँ। यसमा नागरिक स्तरको तहबाट पनि सहयोग चाहिन्छ।’

भर्खरै
लोकप्रिय






































































































































































































