- इन्टरमियामीले ४-० को फराकिलो जित हात पारेपछि इस्टर्न कन्फ्रेन्स कपको सेमिफाइनलमा स्थान सुरक्षित गर्यो।
- लियोनेल मेसीले खेलमा दुई गोल र एक असिस्ट गर्दै आफ्नो करिअरको ४०० असिस्ट पूरा गरे।
- इन्टरमियामी अब २२ नोभेम्बरमा सेमिफाइनलमा एफसी सिनसिनाटीसँग प्रतिस्पर्धा गर्नेछ।
लियोनेल मेसीको अर्को एक उत्कृष्ट प्रदर्शनमा इन्टरमियामीले इस्टर्न कन्फ्रेन्स कपको सेमिफाइनलमा स्थान बनाएको छ।
आइतबार बिहान भएको खेलमा मियामीले न्यासभिल एफसीलाई ४-० को फराकिलो अन्तरले हराउँदा तीन गोलमा मेसीले प्रत्यक्ष योगदान दिंदा अर्को एक गोलमा पनि उनको भूमिका रहेको थियो।
अर्जेन्टिनी विश्वकप विजेता कप्तान मेसीले व्यक्तिगत दुई गोल गर्दा अर्को एक असिस्ट गर्दै करिअरमा ४०० असिस्ट पूरा गरे। जितसँगै जारी सिजनका तीनवटा प्लेअफ खेलमा उनले पाँच गोल र दुई असिस्ट गरिसकेका छन्।
खेल सुरु भएको १० मिनेटमै मेसीले आफ्नो जादु देखाए। न्यासभिलले मियामीको कर्नर राम्रोसँग क्लियर गर्न नसक्दा बल मेसीको खुट्टामा आयो। उनले बललाई अगाडि बढाउँदै बक्सको छेउबाट ‘थ्रु अ डिफेन्डर्स लेग्स’ बललाई दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भयो।
पहिलो हाफ सकिन लाग्दा उनले ब्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे। जोर्डी अल्बाले सिल्भेट्टीलाई दिएको लामो पासमा उनले डिफेन्डर जिमरम्यानलाई उत्कृष्ट तरिकाले रोक्दै मेसीका लागि कटब्याक पास मिलाइदिए। जहाँ ३८ वर्षीय मेसीले कुनै गल्ती नगरी बललाई जाली चुमाउँदै मियामीको अग्रता दोब्बर बनाए।
दोस्रो हाफमा पनि मियामीले आफ्नो दबाब कायम राख्यो। खेलको ७३औं मिनेटमा अल्लेन्डेले टिमका लागि तेस्रो गोल गरे। जोर्डी अल्बाले बक्स भित्र बल नियन्त्रण गर्दै मेसीसँग ‘वन-टच’ पास खेले। त्यसपछि उनले सिक्स-यार्ड एरियामा दिएको पासलाई अल्लेन्डेले ‘स्माश’ गर्दै गोलमा परिणत गरे।
त्यसको तीन मिनेट बित्न नपाउँदै ७६औं मिनेटमा अल्लेन्डेले व्यक्तिगत दोस्रो गोल गरे यो पटक मेसीले मैदानको बीच भागबाट अल्लेन्डेलाई आकर्षक र चलाखीपूर्ण रुपमा उपलब्ध गराएको बललाई अल्लेन्डेले गोलकिपरलाई बिट गर्दै आकर्षक ‘चिप’ गर्दै टिमलाई ४-० को अवस्थामा पुर्याए।
न्यासभिलले दोस्रो हाफमा केही मौका सिर्जना गर्ने प्रयास गरे पनि सफल भएन। जितसँगै इन्टरमियामी सेमिफाइनलमा २२ नोभेम्बरमा एफसी सिनसिनाटीसँग भिड्ने छ।

भर्खरै
लोकप्रिय






































































































































































































