काठमाडौँ- काठमाडौँ महानगरका मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईं आइतबार मनोहरा सुकुम्बासी बस्तीमा पुगेका छन् । त्यहाँ भेला भएका मानिसलाई सम्बोधन गर्दै उनले मङ्सिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा समर्थन जनाउन आह्वान गरे ।
सुकुम्बासीलाई लछारपछार गर्नेको श्रीमती, घर परिवारलाई पनि त्यस्तै गर्ने चेतावनी उनले दिए । बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड खाएको आरोप उनले लगाएका छन् ।
दलहरुले सुकुम्बासीहरुलाइ भोट बैंक मात्र बनाएको बताउँदै उनले आफूले भोट नमाग्ने बरु सबैलाई पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए । सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनी उनले दिए।
सुकुम्बासी बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदैछ । अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने महानगरको योजना छ ।
-नेपाल फोटो लाइब्रेरी।

भर्खरै
लोकप्रिय






































































































































































































