नेशनल लाइफ इन्स्योरेन्सको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न
+
-
देशसञ्चार AI सारांश
  • नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ५२६ सफल अभिकर्तालाई “इलाईट लिडर्स कन्क्लेभ” अन्तरगत तीन दिने सम्मान कार्यक्रमको आयोजना गर्यो।

  • कार्यक्रममा अनिल केशरी शाहले नेतृत्व र व्यवसायिक सफलताको प्रशिक्षण दिएका थिए, जसमा पेशागत सफलताको सूत्र बाँडियो।

  • कार्यक्रमका दौरान उत्कृष्ट अभिकर्ताहरूलाई सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिँदै, उनीहरूले आफ्नो प्रतिबद्धता व्यक्त गरे।

काठमाडौँ- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि “इलाईट लिडर्स कन्क्लेभ” भन्ने नारासहित तीन दिने चेयरपर्सन क्लब तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रम ललितपुरस्थित होटल रोयल सिङ्गल ट्रीमा सम्पन्न भएको हो।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको लक्ष्य प्राप्त गर्न सफल ५२६ जना अभिकर्ताहरुलाई कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको प्रमुख आतिथ्यतामा चेयरपर्सन क्लब सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमको उद्देश्य अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप प्रोत्साहन प्रदान गर्दै उनीहरूको व्यवसायिक दक्षता अभिवृद्धि गर्नु रहेको कम्पनीले जनाएको छ। कार्यक्रममा चर्चित मोटिभेटर तथा वरिष्ठ बैंकर अनिल केशरी शाहले “नेतृत्व र व्यवसायिक सफलता” विषयमा प्रशिक्षण प्रदान गरेका थिए। उनले प्रशिक्षणको क्रममा हरेक क्षेत्र वा पेशामा नेतृत्व लिन सक्ने क्षमताको विकास गरेमा पेशागत सफलताको मार्ग सहज हुने कुरा बताए ।

त्यसैगरी, नेपाल बीमा प्राधिकरणका उप–निर्देशक पदम प्रसाद सोडारीले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीका सम्भावित नकारात्मक प्रभाव र सोको रोकथामका उपाय सम्बन्धी प्रशिक्षण दिए ।

कार्यक्रमको अध्यक्षता कम्पनीकी अध्यक्ष सिंहले गरेकी थिइन् । उनले अथक परिश्रम र मेहनतका साथ तोकिएको लक्ष्य हासिल गर्न सफल भएका अभिकर्ताहरुलाई बधाई ज्ञापन गर्दै कम्पनीका अग्रगामी योजनामा अभिकर्ताको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सरेश प्रसाद खत्रीले कम्पनीको संरचना उत्कृष्ट रहेको र बोनस दर आकर्षक भएको जानकारी दिए । साथै, कम्पनी अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक र सशक्त बनाउन थप लगानी गर्ने योजनामा रहेको बताए ।

कार्यक्रममा नेपालभरिबाट उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरुलाई विभिन्न विधामा सम्मान गरिएको थियो। आफ्नै कोड र सञ्जाल व्यवसायमा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तामध्ये प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरू र सञ्जालगत व्यवसायमा उत्कृष्ट हुने एक जना गरी कुल १२ जना अभिकर्तालाई विशेष सम्मान प्रदान गरिएको थियो। उनीहरूलाई सम्मानपत्रका साथै नगद पुरस्कारद्वारा सम्मानित गरिएको हो।

विविध मनोरञ्जनात्मक प्रस्तुति सहित सम्पन्न उक्त कार्यक्रममा सम्मानित बिजनेस लिडरहरूले कम्पनीको तर्फबाट आफ्नो मेहनतको कदर भएकोमा खुशी व्यक्त गर्दै अझ उत्कृष्ट काम गर्ने प्रतिबद्धता जनाएका थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’