अमेरिकाको फ्लोरिडामा तीव्र गतिमा हुइँकिरहेको एउटा कार सडक छेउको एउटा नाइट बारमा ठोक्किँदा चार जनाको ज्यान गुमेको छ। शनिबार बिहान भएको उक्त दुर्घटनामा १३ जना घाइते भएको समाचार एजेन्सीहरूले जानकारी दिएका छन्।
प्रहरीले एउटा कारलाई पछ्याउँदै गर्दा तीव्र गतिमा रहेको कार बारको बाहिरी भागमा ठोक्किएको थियो। त्यहाँ धेरै पैदलयात्रीहरू र बारबाट निस्केकाा मानिसहरू थिए। प्रहरीले पछ्याउने क्रममा कारचालकले बेग अझ बढाएका थिए।
चालकले नियन्त्रण गुमाएपछि कार बारको बाहिरी भागमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन्।
तीन जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य केहीको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ। ‘दुईजनाको अवस्था निकै गम्भीर छ,’ स्थानीय प्रहरीले भनेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































