हङकङ सिक्सेस: कुवेतलाई हराएर पाकिस्तानले छैटौँ पटक जित्यो उपाधि

हङकङ सिक्सेस: कुवेतलाई हराएर पाकिस्तानले छैटौँ पटक जित्यो उपाधि
+
-

काठमाडौँ – हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको छ। आइतबार सम्पन्न फाइनलमा कुवेतलाई ४४ रनले हराउँदै पाकिस्तानले छैटौँ पटक यो प्रतियोगिताको उपाधि जितेको हो।

कुवेत ऐतिहासिक रुपमा फाइनलमा पुगेको थियो। सेमिफाइनलमा कुवेतले इंग्ल्यान्डलाई ३७ रनले हराएर पाकिस्तानसँगको भेट पक्का गरेको थियो। पाकिस्तानले भने अस्ट्रेलियालाई रोमाञ्चक रुपमा १ रनले पराजित गरेर फाइनलमा पुगेको थियो।

फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो। उसका लागि अब्दुल समादले १३ बलमा ४२ रन बनाउँदा कप्तान अब्बास अफ्रिदी ११ बलमा ५२ रन बनाएर रिटायर्ड भएका थिए। त्यस्तै, खवाजा नफ्याले २२ रन बनाएका थिए। कुवेतका मेट भवसारले ३ विकेट लिए।

१ सय ३६ रनको लक्ष्य पछ्याएको कुवेत ५ बल बाँकी हुँदै ९२ रन जोड्दा अलआउट भयो। उसका लागि एड्नान इद्रेसले ८ बलमा ३० रन बनाउँदा मेट भवसारले १२ बलमा ३३ रन बनाएका थिए। उनीबाहेक कप्तान यसिन पटेलले १४ रन बनाएका थिए। पाकिस्तानका लागि मज सदातले ३ विकेट लिँदा अब्दुल समान र मुहम्मद सहाजदले १-१ विकेट लिए।

नेपालसहित १२ टोली सहभागी प्रतियोगितामा नेपाल भने भारतलाई उछिन्दै ११ औँ स्थानमा रह्यो। नेपालले प्रतियोगितामा एक मात्र जित भारतसँग नै दर्ता गरेको थियो। त्यसबाहेक नेपाल सबै खेलमा पराजित भयो।

भारतले भने वर्षाले प्रभावित खेलमा समूह चरणमा पाकिस्तानलाई डिएल म्याथोडका आधारमा १ रनले हराएको थियो। तर त्यसपछि भारत सबै टोलीसँग पराजित भयो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’