नेपालमा पनि बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने सिलसिला सुरु भयोः ओली

नेपालमा पनि बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने सिलसिला सुरु भयोः ओली
+
-

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अधिनायकवाद सुरु भएको टिप्पणी गरेका छन्।

आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले बंगलादेश र म्यानमारमा अधिनायकवादीहरुले चुनाव गर्ने नाममा त्यसको मिति सार्दै गएको दृष्टान्त पेश गर्दै नेपालमा पनि सोही त्यही सिलसिला दोहोर्‍याउन खोजिएको जिकिर गरे।

उनले मुलुकलाई फेरि पनि द्वन्द्वमा फर्काउने प्रयास भइरहेकाले त्यसलाई अन्त्य गर्न आफूहरु लागिपरेकोसमेत बताए।

‘म्यानमारमा हामीले देख्यौँ, त्यहाँ पनि फलानो मितिमा चुनाव गराउने भनियो। ६ वर्ष भयो त्यो मिति सरेको सर्‍यै छ। बंगलादेशमा ६ महिनाभित्र चुनाव गरिसक्ने भन्ने कुरा भयो। डेढ वर्ष सर्‍यो। अब आउँदो फेब्रुअरीमा पनि चुनाव नहुने देखिन्छ। त्यही अनुभव, त्यही सिलसिला नेपालमा पनि दोहोर्‍याउन खोजिएको छ। देशलाई द्वन्द्वतर्फ, तनावतर्फ पारस्पारिक द्वेष र घृणातर्फ फर्काउन खोजिएको छ,’ उनले भने।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’