२४ वर्षीया अनुष्काले ल्याइन् ‘बर्डन अफ ब्रेथ’

२४ वर्षीया अनुष्काले ल्याइन् ‘बर्डन अफ ब्रेथ’
+
-
देशसञ्चार AI सारांश
  • २४ वर्षीया अनुष्का सिलवालले काठमाडौंमा आफ्नो अंग्रेजी कवितासंग्रह ‘द बर्डन अफ ब्रेथ’ सार्वजनिक गरिन्।
  • अनुष्काले मनाङमा पदयात्राको अनुभवले पुस्तकको सोच जन्माएको र यसको नाम तय गरेको बताइन्।
  • कार्यक्रमका वक्ताहरूले अनुष्काको काव्यशिल्पको उच्च प्रशंसा गर्दै पुस्तकलाई शक्तिशाली र प्रभावशाली भने।

अमेरिकाबाट स्नातक सकेर हालै नेपाल फर्किएकी २४ वर्षीया अनुष्का सिलवालले अंग्रेजी भाषामा आफ्नो पहिलो कवितासंग्रह ‘द बर्डन अफ ब्रेथ’ सार्वजनिक गरेकी छन्।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा प्राध्यापक गोविन्द भट्टराई, कवितासंग्रहका प्रकाशक ‘मण्डला बुक प्वाइन्ट’ का माधवलाल महर्जन र अनुष्काले संयुक्तरुपमा ‘द बर्डन अफ ब्रेथ’ सार्वजनिक गरेका हुन्।

अमेरिकाको इन्डियाना विश्वविद्यालयबाट मार्केटिङ र मनोविज्ञानमा स्नातक सकाएकी अनुष्काले मनाङमा पदयात्रामा जाँदा पुस्तकको सोच जन्मिएको बताइन्। पदयात्राका क्रममा सास फेर्न संघर्ष गर्दागर्दै पुस्तकको नाम सोचेको उनले खुलाइन्।

उनले भनिन्, ‘आफूलाई अभिव्यक्त गर्न मैले कविताको माध्यम रोजेँ जहाँ थोरै शब्दमा धेरै कुरा व्यक्त गर्न सकिन्छ। यो पुस्तकले मलाई धेरै दिएको छ।’

पुस्तक लोकार्पण कार्यक्रममा अनुष्काले पुस्तकमा समेटिएको एक कविता पनि वाचन गरिन्।

अनुष्काको कविताकृतिबारे बोल्दै प्राध्यापक भट्टराईले आफूले अहिलेसम्म पढेका नवयुवाका कवितामध्ये यी सबैभन्दा शक्तिशाली रहेको बताए। समीक्षक महेश पौडेल र सुजना घिमिरेले पनि अनुष्काको काव्यशिल्पको सराहना गरेका थिए।  कार्यक्रममा अनुष्काका मामा तथा मानवअधिकारकर्मीले गौरी प्रधानले पनि पुस्तकबारे टिप्पणी गरेका थिए। प्रकाशक ‘मण्डला बुक प्वाइन्ट’का महर्जनले अनुष्काका कविता शक्तिशाली भएका कारण प्रकाशन गरिएको जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’