काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश बनाउने डिपिआरसहित आफू लागिपरेको बताएका छन्।
दल दर्ताको पहलका लागि आइतबार निर्वाचन आयोगमा पुगेका उनले आफू कारागारमा बस्दा राजनीति बुझेर बाहिर आएको बताए।
उनले अब आफूले कारागारमा हुँदा तयार पारेको देश बनाउने डिपिआर लागू गर्दै अघि बढ्ने बताए। जनताले गरेका इच्छा, आकंक्षालाई लक्ष्यमा पुर्याउनु हरेक नागरिकको कर्तव्य भएको उनको भनाइ थियो।
उनले भने, ‘जनताले गरेका इच्छा,आकंक्षालाई लक्ष्यमा पुर्याउनु हरेक नागरिकको कर्तव्य हो। राजनीतिमा परिवार भन्ने हुँदैन। पहिला जनता र त्यसपछि देश हुन्छ। देश र जनता मिलाउन सक्नु अर्को फरक कुरा हो। परिवार मिलाउन सक्नु नसक्नु फरक कुरा हो। राजकाज र राजनीति भनेकै देश र जनताको क्षेत्राधिकारको कुरा हो। लक्ष्यमा जनता कसरी समेट्ने भन्ने हो। जनताको आकंक्षा र अपेक्षा पूरा गर्न लाग्नेछौँ। ८ वर्ष कारागारमा रहेर अध्ययन गरेको राजनीतिक युनिभर्सिटीले मलाई छुट्टै एउटा देश बनाउने डिपिआर खडा गर्न बाध्य बनायो।’

भर्खरै
लोकप्रिय






































































































































































































