काठमाडौँ- नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा लिज प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
उनीविरुद्ध थप अनुसन्धानका लागि प्रहरीलाई अदालतले ८ दिन अनुमति दिएको हो।
अवकाशप्राप्त सहसचिव ६६ वर्षीय कार्कीलाई नेपाल ट्रस्ट जग्गा लिज प्रकरणमा प्रहरीले शुक्रबार चितवनबाट पक्राउ गरेको थियो।
राज्यलाई करिब ५ अर्ब रुपैयाँ घाटा हुने गरी नेपाल ट्रस्टले थामसेर्कु प्रालिलाई उक्त जग्गा लिजमा दिएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको हो।

भर्खरै
लोकप्रिय






































































































































































































