अ
+
अ
अ
-
उत्तरी जापानको तटमा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ।
जापानको मौसम विज्ञान एजेन्सीका अनुसार आइतबार साँझ उत्तरी जापानमा भूकम्प गएको हो।
जापानी समय अनुसार साँझ ५ बजेतिर इवाते प्रिफेक्चरको तटमा समुद्री सतहभन्दा १० किलोमिटर तल ६.७ म्याग्निच्युडको भूकम्प गएको सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।
यसपछि थप भूकम्पहरू गएपछि एजेन्सीले सुनामीको चेतावनी जारी गरेको छ। एजेन्सीले उत्तरी तटीय क्षेत्रमा १ मिटरसम्मको सुनामीको चेतावनी जारी गरेको हो।

भर्खरै
लोकप्रिय






































































































































































































