पोखरा प्रिमियर लिगको लागि पोखरा पल्टन बन्द प्रशिक्षणमा व्यस्त

पोखरा प्रिमियर लिगको लागि पोखरा पल्टन बन्द प्रशिक्षणमा व्यस्त
+
-

पोखरा— तिन दिनपछि शुरु हुने पोखरा प्रिमियर लिगका लागि घरेलु टोली पोखरा पल्टन बन्द प्रशिक्षणमा जुटेको छ । पोखरा रंगशालाभित्रकै क्रिकेट मैदानमा टोलीले प्रशिक्षणको लागि तयारी शुरु गरेको हो।

बन्द प्रशिक्षणका लागि पोखरा पल्टनका कप्तान शरद भेषवाकर सहितको टोली ४ गते पोखरा आईपुगेको छ। पोखरा पल्टनले उद्घाटन खेलमा विराटनगरसँग खेल्ने छ। बन्द प्रशिक्षणमा जुटेका कप्तान भेषवाकरले भने’, ‘हाम्रो राम्रा टिम र टिमवर्क छ । विदेशी खेलाडी आउँदै छन् ।’

उनले अफगानिस्तानबाट एक जना खेलाडी आउने बताए । स्थानीय चार जना खेलाडीबाट दुईजना खेलाडीलाई टिममा समावेश गर्ने सहायक प्रशिक्षक रिजन प्रजुले जानकारी दिए ।

पोखरा पल्टनले दुई घरेलु (स्थानीय) खेलाडी लिने छ। त्यसको लागि चारजना खेलाडी प्रशिक्षणमा उत्रिएका छन्। घरेलु खेलाडीमा दिपेश खत्री, अमृत गुरुङ, सुमन घिमिरे र मेखबहादुर सेन थापा छन् । खत्री पुर्व राष्ट्रिय खेलाडी हुन् ।

थापा यु–१६ राष्ट्रिय टोलीबाट नेपालको प्रतिनिधित्व गरेर थाईल्याण्डमा खेलमा उपाधि जितेर फर्किएका खेलाडी हुन् । उनी खासगरी बलर हुन् । गुरुङ पनि घरेलु टोलीका लागि अनुभवी खेलाडी मानिन्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?