पोखरा- स्याङजाको गल्याङ नगरपालिका १ मालुङ्गामा जीप र स्कुटर ठोकिदाँ एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गुल्मी मालिका गाउपालिका १ घर भएकी रुपा थापामगर रहेकी छिन्। उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा मृत्यु भएको प्रहरीले जनाएको छ।
सिद्वार्थ राजमार्गमा राम्दीबाट गल्याङतर्फ आउँदै गरेको लु १ च ७२५६ न.को पिकअप जिपले विपरीत दिशाबाट जाँदै गरेको लु ३७ प ३०९० न.को स्कुटरलाई ठक्कर दिएको थियो।
रुपाका श्रीमान् २७ वर्षीय महेश पुन मगरको सोही अस्पतालमा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।
दुर्घटनामा संलग्न पिकअप जिप, चालक र स्कुटरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।