
अ
+
अ
अ
-
बिर्तामोड – झापाको बिर्तामोडमा रहेको एनएमबी बैंकभित्रै एकजना ग्राहकको १७ लाख रुपैयाँ लुटिएको छ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आइतबार दिउँसो बैंकमा रकम जम्मा गर्ने क्रममा ताप्लेजुङको याम्फुदिन–१ का शेरबहादुर गुरुङको १७ लाख रुपैयाँ लुटिएको हो।
बैंकको सुरक्षा गार्डको कमजोरीका कारण रकम लुट्ने व्यक्ति भाग्न सफल भएको प्रहरीको अनुमान छ। इलाका प्रहरी कार्यालय अनारमनीले बैंकका सुरक्षागार्डलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ।
सिसिटिभी क्यामराको फुटेजमा लुटेरा प्रष्ट देखिने भएकाले छिट्टै लुटेरा पक्राउ पर्ने प्रहरीको दाबी छ।