
काठमाडौँ (महाराजगञ्ज)– स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन्।
उनको छातीमा संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। ओलीमा चिनीको मात्रा बढेको छ भने खोकी रोकिएको छैन। डाक्टरले विभिन्न परीक्षण गरिरहेका छन्।
अहिलेसम्म दुईपटक एक्स–रे, मुटुको इसिजी तथा इको, रगत परीक्षण (चिनीको मात्रा र क्रेटिनिनको मात्रा हेर्नका लागि) गरिएको छ।
ओलीलाई ब्रोड स्पेक्ट्रम एन्टिबायोटिक, स्लाइन र नेबुलाइजर दिइएको डाक्टरले बताएका छन्। इसिजी र इको नर्मल देखिएको छ। तर अरु परीक्षणको भने अहिलेसम्म रिपोर्ट सार्वजनिक गरिएको छैन।